– वीरेन्द्र केसी
केरुङा, अर्घाखाँची – द्धन्दको बेला जनयुद्धलाई सहयोग नगरेको भन्दै माओवादी कार्यकर्ताले लगाईदिएको ताला १० वर्षपछि उनकै पार्टीका नेताले खोलिदिए ।
ताला खोलिदिएपनि विस्थापित परिवार घरमा आएनन् । माओवादीले केरुङा- १ स्थित काग्रेस समर्थित नेता लक्ष्मण ज्ञवालीको घरमा २०५९ वैशाख ९ गते राती घरभित्र सतिरहेका परिवारलाई बाहिर निकाली घरमा तालावन्दी गरि लखेटेको थियो । त्यसपछि ज्ञवालीको परिवार काठमाडौ बस्दै आएको छ । शान्ति स्थापना पछि धेरैका कब्जा घरजग्गा फिर्ता भएपनि ज्ञवाली परिवारले क्षतिपुर्ती विना रित्तो घरमा नफर्कने अडान राख्दै आएका थिए ।
अब फेरियो ताला- अर्घाखाँची जिल्लाको केरुङा गाविसमा रहेको काग्रेस नेता लक्ष्मण ज्ञवालीको घरमा तालावन्दी गरिएको मुल ढोकाको ताला फोर्दै माओवादी जिल्ला ईन्चार्ज चन्द्रबहादुर खडका। द्धन्दको बेला माओवादीले तालावन्दी गरेपछि ज्ञवाली परिवार विस्थापित भएको छ । १० वर्षपछि ताला खुलेको छ ।
स्थानीय शान्ति समितिको पहलमा ताला खोल्ने ज्ञवाली परिवारले मागेको ५ लाख क्षतिपुर्तीलाई प्रशासन मार्फत सरकारसँग माग गर्ने सहमतीमा आईतवार प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ शान्ति समितिका संयोजक विष्णु मुस्कान राजनीतिक दलका नेता साचारकर्मी र स्थानीय वासिन्दाको उपस्थितिमा माओवादीका जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्का उज्ज्वलु ले मुल ढोकामा लगाएको ताला हतौडाले फोडेर ढोका खोलिदिए । ताला खोल्ने दिन ज्ञवाली घरमा नआएपनि उनका भतिजा सुदिपको रोहवरमा खोलियो ।
द्धन्दमा आफनै पार्टीले घरमा लगाईदिएको तालाको ढोका आफैले खोलेपछि माओवादी जिल्ला ईन्चार्ज खडकाले घरभित्रका अधिकाश कोठामा गएर निरीक्षण गरे । निकै भावुक र चिन्तित मुद्रामा देखिएका उनले द्धन्दमा यो हुन नहुने काम भयो युद्ध नापे तौले जस्तो हुदो रहेनछ अब पश्चाताप गर्नु बाहेक अरु केही हुन नसक्ने बताए । द्धन्दमा जे भएपनि अब हामि शान्ति प्रकि्रयामा आएका छौ विगतलाई बिस्रेर अब नयाँ शिराबाट हामि सबै मिलेर जानुपर्छु उनले भने अर्घाखाँची जिल्लाकै हाम्रो पार्टीका नेता टोपबहादुर रायमाझी शान्ति मन्त्री हुनुहुन्छ उहाँ मन्त्री हुने अब केही दिनमात्रै भएपनि क्षतिपुर्तीको फाईल तयार पारेर प्रजिअ आर्फत सबै दलसँगको सहकार्यमा मन्त्रीसँग राहत माग्न म पहल गर्छु । १० वर्षसम्म तालावन्दी गरिएको घर जीर्ण भै घरका गारा र कोठाहरु चर्किएर भत्कन थालेका छन भने घर भित्र मुसाले बासस्थापन बनाएको र माकुराको जालोले घेरिएको अवस्थामा छ । तालावन्दी गर्नुअघि १० कोठे पक्की घरभित्र पुस्तौदेखि जुटाईराखि आएका सामानहरु थिए् सुदिवले भने ४ वटा तामाका गाग्री तामाको रोचे १ पानस र तरकारी पकाउने ताप्के १ थान बाहेक अरु केही भेटिएनन् सुत्ने विस्तारमा पनि रहेनछ पुस्तौदेखि जुटाई राखेको सामान लुटिएकै रहेछ । स्थानीय शान्ति समितिको संयोजनमा ताला खोल्ने कार्यक्रममा उपस्थिति करिब १ सय जति गाउँले सबै भावुक मुद्रामा देखिए ।
माओवादीले ज्ञवालीलाई सुराकीको आरोप लगाई घरमा तालावन्दी गरि लखेटेका थिए । त्यतिबेला उनी काग्रेस निकटको शिक्षक संघका जिल्ला सभापति थिए । ०५९ सालमा तालावन्दी गर्नुअघि उनकै जेठा दाजु राममणी ज्ञवालीलाई २०५८ फागुन २९ गते राती सुतिरहेको बेला घरभित्रै हत्या गरेका थिए । जिल्लाको पुर्वी क्षेत्रका लोकपि्रय नेता मनिएका राममणी ०५८ कै काग्रेसको अधिवेशनमा जिल्ला सभापति पदमा ६ मतले चुनाव हारेपछि गाउँमै बसेको मौका छोपी माओवादीले राममणीलाई हत्या गरेको थियो ।
१० वर्ष दे्खि विस्थापित भएका लक्ष्मणले घरमा आउने ईच्छा भएपनि फेरी पनि डर र त्रास हुने हो की पहिलेकै जस्तै अवस्था दोहोरिने हो की भन्ने मनमा त्रास भएकाले सहज वातावरण भएमात्र गाउँ फर्केर समाजसेवामा समर्पित हुने दृढ ईच्छा रहेको उनले टेलिफोनमा बताए । उनले केही दिनभित्र घर मर्मत गर्न आउने बताए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।