ब्राजिल पुगेका प्रधानमन्त्री बाबुराम भट्टराई उच्चस्तरीय भेटवार्तामा व्यस्त

काठमाडौ –   दीगो विकाससम्वन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन ब्राजिल पुगेका प्रधानमन्त्री बाबुराम भट्टराई उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । उनका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार प्रधानमन्त्री भट्टराईले बिहीबार राष्ट्रसंघका महासचिव बान कि मुनसँग भेटवार्ता गरेका छा् । भेटमा महासचिव मुनले नेपालमा जारी शान्ति र संविधान लेखनको प्रक्रियाका बाँकी कार्यहरू पूरा गर्न राजनीतिक दलहरूबीच राजनीतिक सहमति हुनु पर्नेमा जोड दिएका थिए । जवाफमा प्रधानमन्त्री भट्टराईले दलहरूबीच संवाद र सहमति कायम गर्न सरकार प्रयासरत रहेको बताएका थिए ।

यस्तै भट्टराई र भारतीय प्रधानमन्त्री  मनमोहन सिंहले नेपालबीच भेटवार्ता भएको छ । भेटमा सिंहले नेपालले चाहेजस्तो सहयोग प्रदान गर्न भारत तयार रहेको बताएका थिए । उनले नेपालले प्राथमिकतामा राखेका आर्थिक एजेन्डाहरूमासहयोग प्रदान गर्न भारत इच्छुक रहेको बताए ।

 

नेपालको जारी शान्ति प्रक्रियाप्रति चिन्ता प्रकट गर्दै भारतीय प्रधानमन्त्री सिंहले संक्रमणकाललाई होसियारीपूर्वक व्यवस्थापन गर्ने आशा व्यक्त गर्नुभएको जनाइएको छ। 

 

करिब आधा घण्टा लामो  दुई नेताबीचको छलफलमा प्रधानमन्त्री भट्टराईले नेपालको शान्ति प्रक्रियाले पूर्णता पाओस् र नेपाली जनताको आकांक्षाअनुरुप बलियो बहुदलीय लोकतन्त्र स्थापित होस् भन्ने भारतको चाहना रहेको बताए ।

 

 प्रधानमन्त्री भट्टराईले सम्मेलनमा भाग लिन पुग्नुभएका श्रीलंकाका राष्ट्रपति, टर्कीका प्रधानमन्त्री, क्युवाका राष्ट्रपति राहुल क्याष्ट्रो, चिनियाँ प्रधानमन्त्री बेन जियाबाओ लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन्  । – RSS