कतारमा बिल्डिङबाट लडेर अर्घाखाँची सिद्धाराका अर्जुनको मृत्‍यु

-उमाकान्त पाण्डे “गाउंले” – काठमान्डौ
 

वैदेशिक रोजगारीको शिलशिलामा दुई वर्ष पहिले कतार पुगेका अर्घाखाँची सिद्धाराका अर्जुन बहादुर सुनुवारको मृत्‍यु भएको छ । काम गर्ने क्रममा निर्माणधिन भवन बाट खसेर उनको मृत्‍यु भएको कतार बाट हाम्रा सहयोगीले बताएका छन । सिद्दारा वार्ड नम्बर ३ वर्रेका थम्मन बहादुर सुनुवारका कान्छा छोरा २२ बर्षिय अर्जुनको बिहीवार राती उपचारको क्रममा मृत्‍यु भएको हो ।

गत शनिबार कामगर्ने क्रममा निर्माणाधिन भवनको माथिल्लो तल्ला बाट खसेर गम्भिर घाइते भएका अर्जुनको उपचारको क्रममा कतारको दोहा स्थित सरकारि अस्पताल हमादमा मृत्‍यु भएको पुस्टी भएको छ ।

बिल्डिङमा टायल्स लगाउने क्रममा तल्लो तलाबाट सामान लिएर माथिल्लो तल्लामा चढदै गर्दा लडेर गम्भिर घाइते भएका अर्जुनको उपचारको क्रममा बिहीवार राती मृत्‍यु भएको उनका छिमेकी जनक बेल्वासेले जानकारी दिए।

बेल्बासेका अनुसार अर्जुन २ बर्ष अघी कतार स्थित नेचुरल स्टोन ट्रेडिङ नामक म्यानपावर सप्लाई कम्पनीमा कार्यरत थिए । उनी दसैंमा मात्र घरबिदामा आउने भनेर आफ्नो करार अवधी बडाई बसेका थिए । अर्जुनका घरमा बावु आमा र दुई दाजु रहेका छन् । घरको आर्थिक स्थिती नाजुक रहेको थाहाहुन आएको छ ।  उनको शब प्रकृया पुराएर दुतावास मार्फत पररास्ट्र मन्त्रालय र समबन्धित निकायमा समन्वयब गरी छिटै नेपाल पठाउन पहल गरिने समाजसेवी एवम प्रशिक्षार्थी पत्रकार पशुपती श्रेष्ठले जानकारी दिए। 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





 

अन्य समाचारहरु