लैगिक हिंसा अन्त्यका लागि सबै एक जुट हुनु पर्ने

– प्रेमनारायण आचार्य

  

 अर्घाखाँची ९ असार । अर्घाखाँचीको सन्धिखर्कमा लैंगिक हिंसा बिरुद्ध बहुपक्षिय सम्बोधन प्रणाली सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

 

  संयुक्त राष्ट्र जनसंख्या कोष ( UNFPA )  , जिल्ला बिकास समिति र महिला तथा बालबालिका कार्यलय अर्घाखाँचीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

 

    अन्तरक्रिया कार्यक्रममा संयुक्त राष्ट्र जनसंख्या कोष ( UNFPA )  का क्षेत्रिय प्रतिनिधि गणेश चौलागाईले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको उदेश्य माथी जिल्ला संयोजक पूर्ण बिकले प्रकास पार्नु भएको थियो ।

 

     कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ, महिला बिकास अधिकृत जमुना भण्डारी, बार एसोसिएसनका बिजय क्षेत्री , लगायतले लैंिगक हिंसा अन्त्यका लागि सबैले हातमा हात र काधमा काध मिलाएर हिड्नु पर्ने बताएका थिए ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



अन्य समाचारहरु