बर्तमान सरकारलाई घुडा टेकाएरै छाड्ने

–  प्रेमनारायण आचार्य

 

  अर्घाखाँची ९ असार । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री मानबहादुर विश्वकर्माले  सहमतिको सर्बपक्षिय सरकार गठन गरेर देसलाई निकास दिन काग्रेस आन्दोलनमा उत्रिएको बताउदै काग्रेसले बर्तामान सरकारलाई घुडा टेकाएरै छाड्ने दाबी गर्नु भयो ।

 

    नेपाली काग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीले बिपि स्मृती भबन सन्धिखर्कमा गरेको बर्तमान सरकारको बिरोध र समसामयीक राजनिति बिषयक अन्तरकृया कार्यक्रममा  मन्तब्य राख्दै काग्रेस नेता बिकले  सहमति र सहकार्यबाट देसलाई निकास दिनुको बिकल्प नभएको बताउनु भयो ।

 

      कार्यक्रममा नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि बिष्णुप्रसाद खनाल मुस्कान, जिल्ला सचिब लोकेन्द्र बिक, कोषाध्यक्ष हरिबहादुर खड्का, नेबिसंघका केन्द्रिय सदस्य लेखनाथ पोख्रेल, काग्रेस जिल्ला सदस्य गंगा टण्डन, काग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति चन्द्रमणि पाण्डे, क्षेत्र नम्बर २ का क्षेत्रिय सचिब हेमन्त बेल्बासे, प्राध्यापकहरु जगन्नाथ भुसाल , रामलाल भुसाल, माधबराज चुँदाली, नेबिसंघका जिल्ला सचिब युबराज पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य, नेपाल प्रेस युनियनका अध्यक्ष सुर्यप्रसाद भुसाल, पत्रकार बिरेन्द्र केसी लगायतले मनत्बय राखेका थिए ।

 

      कार्यक्रम काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालको अध्यक्षता र जिल्ला सचिब बासुदेब आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



अन्य समाचारहरु