एकीकृत माओवादीका पुष्पकमल दाहाल प्रचण्डद्धारा पार्टी फुटाउनेहरु ईतिहासको पानामा सिमित हुने चेतावनी

काठमाडौ  ।  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्यक्तिगत सनक र आवेगको भरमा पार्टी फुटाउनेहरु ईतिहासको पानामा सिमित हुने चेतावनी दिएका छन् ।  किर्तिपुरमा आज आयोजित सभालाई संबोधन गर्दै प्रचण्डले पार्टी फोडेर जानेलाई नेपाली जनताले साथ नदिने बताए ।



बैद्य पक्षलाई पार्टी एकताकोलागी आब्हान गर्दै प्रचण्डले मोहन बैद्य किरणलाई कुनै तत्वले घुमाईरहेको भन्दै घुम्न छाडेर यथार्थमा आएपछि बास्तविकता थाहाँ हुने दावी गरे । उनले जनआन्दोलनको भावनाबाट च्यूत भएर नेतृत्वलाई तथानाम गालि गरेर आफूलाई स्वच्छ देखाउन खोज्ने र क्रान्तिकारी देखिन खोज्नेहरु सकिने दावीसमेत सो क्रममा गरेका थिए ।
उनले संविधान निर्माणका लागि प्रमुख ददहरुले राष्ट्रिय सहमति खोज्नुको कुनै विकल्प नरहेको भन्दै राष्ट्रिय सहमतिमार्फत नयाँ संविधान निर्माणमा देखिएका विवाद हल गरेर नयाँ राष्ट्रिय सहमतिको सरकार गठन गर्न आफ्नो पार्टी तयार रहेको घोषणा गरे ।


जनतालाई अधिकार पनि नदिने अनि राजनीतिक निकास पनि निकाल्ल्न नचाहने हो भने त्यसलाई जनताले कुनै पनि हालतमा स्वीकार नगर्ने  भन्दै उनले  अरु राजनीतिक दलहरुसँग वार्ता र छलफलको क्रम जारी रहेकोले  त्यसबाट सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे ।


सहमतिको लागि आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले भने, ुजुन बिन्दुमा पुगेर संविधान सभाको अवसान भएको थियो, त्यही स्थानबाट सहमतिको पहल गरौं, जनतालाई संविधान सभाबाटै संविधान दिऔं, अरु कुनै विकल्प खोज्नुपरे पनि खोजौंला ।


गोलमेच सम्मेलन, आयोगमार्फत संविधान निर्माण गर्ने कुरा आफ्नो पार्टील्ऽाई कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने तर्क गर्दै अध्यक्ष दाहालले यी कुराले जनतालाई अधिकार सम्पन्न नबनाउने र जनताले फेरि धोका पाउने बताए ।
पहिचानसहितको सङ्घीयता एमाओवादीले छोड्यो त्यसकारण एउटै पार्टीमा बस्न सकिँदैन भन्दै प्रचार गर्दै हिँड्नेहरुले देश र जनताको चाहना र भावनालाई बुझ्न नसकेको उनको भनाइ थियो। – RSS