काठमाडौ – पार्टी पुटाएपछि पहिलो पटक नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य सहितका नेताहरु आइतबार राष्ट्रपति रामवरण यादवलाई भेटेका छन् ।
वैद्यसंगै महासचिव रामबहादुर थापा,सीपी गजुरेल, देव गुरुङ र नेत्रबिक्रम चन्दपनि राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए । वैद्यले सरकार कामचलाउ भएकाले विकल्प खोज्न राष्ट्रपति समक्ष आग्रह गरेका छन् । सरकार कसरी निर्माण गर्ने र निकास कसरी दिने विषयमा राष्ट्रपति गम्भीर रहेको वैद्यले बताए ।
संविधानसभाको विघटन र नयाँ निर्वाचनको घोषणापछि उत्पन्न राजनीतिक संकटको निकासका लागि वैद्यले आफ्नो पार्टीको धारणा राष्ट्रपति समक्ष राखेको बुझिएको छ । वैद्यले गोलमेच सम्मेलन र अन्तरिम सरकार गठनको माग गर्दै आएका छन् । नेताहरु शितल निवासमा तीन घण्टा भएको बिताएका थिए ।
यसअघि फोरम लोकतान्त्रिक फुटाएका शरतसिंह भण्डारीले पनि शनिबार राष्ट्रपति यादवसंग भेटेका थिए । सिंहले राजनीतिक निकासका लागि पहल गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । -RSS