काग्रेस सुशिल कोइरालाको नेतृत्वमा सहमतिको सरकार बनाउने तयारी

काठमाडौ  । प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय सहमतिलाई लत्याएको निष्कर्समा पुगेका राष्ट्रपति डा रामबरण यादवले ब्राजिल भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीले सहमतिको सरकार निर्माणकोलागी तत्काल पहल नथाले उनलाई हटाउने तयारी सुरु गरेका छन् ।

स्रोतका अनुसार हिजो शरदसिह भण्डारी र आज मोहन बैद्य किरणसँग भएको छलफलमा समेत राष्ट्रपतिले मुलुकलाई अप्ठ्यारो अवस्थामा छाडेर निकास खोज्नुको साटो प्रधानमन्त्री सहमति विना आफू खुसी  ब्राजिल हिडेको, बजेटमा सहमति जुटाउन नसकेको र निर्वाचन पनि सहमतिमा घोषणा नगरेको जस्ता विषय प्रति असन्तुष्ठि प्रकट गरेका थिए ।


उनले निकासकोलागी कसको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने भन्ने विषयमा समेत नेताहरुसँग चासो राखेका थिए ।

 

काग्रेस सभापति सुशिल कोइरालाको नेतृत्वमा सहमतिको सरकार बन्ने अवस्था रहेको सो विषयमा काग्रेसमा समेत विवाद नहुने र अरु दलले पनि स्विकार्ने अवस्था रहेको निष्कर्समा राष्ट्रपति पुगेका छन् । उनी कुनै पनि हालतमा अब बाबुराम भट्टराईको सरकार धेरै दिन राख्ने पक्षमा नरहेको राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ ।


यसैवीच सभापति कोइरालाले पनि आज आफू निकट केही प्रभावशाली नेताहरुसँग यस विषयमा अनौपचारिक छलफल गरेका छन् । छलफलको क्रममा सभापतिले नेतृत्व गर्दा बरिष्ठ नेता शेरबहादुर देउवाले समेत आपत्ति प्रकट गर्ने अवस्था नरहेकोले सभापतिले नै प्रयास गर्नु पर्ने सुझाव दिएका थिए ।