काठमाडौं – ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न दीगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलन “रियो प्लस टवान्टी” मा सहभागी भई प्रधानमन्त्री बाबुराम भटटराई सोमबार दिउँसो स्वदेश फर्केका छन।
उनी जेट एयरवेजमा पउने तीन बजे काठमाडौं हुन। बुधबारबाट सुरु भएको सम्मेलनलाई सोही प्रधानमन्त्री भटटराईले सम्बोधन गरेका थिए । तीन दिने सम्मेलनको दोस्रो दिन उनले अल्पविकसित राष्ट्र समूह र हिमाली देशहरुको समुहलाई सम्बोधन गरेका थिए ।
रियो दि जेनेरियोमा प्रधानमन्त्री भटटराईले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे, क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रो, भेनेजुयलाका राष्ट्रपति हृयुगो चाभेज, नर्वका प्रधानमन्त्री जिन्स स्टोल्टनवर्ग अष्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलाडस लगायतसँग द्विपक्षीय वार्ता गरेका थिए ।
प्रतिपक्षी दलहरुको विरोधका बावजुद प्रधानमन्त्री भटटराई ३२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत सोमबार ब्राजिल प्रस्थान गरेका थिए ।