व्यवस्थित ढल निकास नभएकाले वर्षाको पानी जमेर जिल्ला अस्पताल सिरहा जलमग्न
आषाढ़ १२ गते, २०६९ मा प्रकाशित
– देवनारायण साह
सिरहा – व्यवस्थित ढल निकास नभएकाले वर्षाको पानी जमेर जिल्ला अस्पताल सिरहा जलमग्न भएको छ ।
अस्पताल परिसर, ल्याब परीक्षण कक्ष, औषधी वितरण, यात्रु प्रतीक्षालय, ओपिडि र अन्तरङ्ग कक्षसमेत जलमग्न भएको हो । अस्पतालमा पानी जमेपछि बिरामीहरूको उपचार प्रभावित भएको अन्तरङ्ग विभागमा कार्यरत चिकित्सकहरूले बताए ।