काठमाडौं, १२ असारअफगानिस्तानको बाग्राममा एक महिनादेखि बन्धक दस नेपालीको उद्धार गर्न परराष्ट्र मन्त्रालयले विशेष टोली काबुल पठाउने भएको छ ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली नागरिकको उद्धारमा हरतरहको सहयोग पुर्याइने बताउँदै पाकिस्तानस्थित नियोग मार्फत सबै स्थिति बुझ्ने काम भइरहेको बताए ।
परराष्ट्रमा दक्षिण एसिया महाशाखाका पदाधिकारीले सोमबार अपराहृन बन्धक बनाइएका पीडित नेपालीहरुसँग फोन वार्ता गरेपछि उनीहरुको पासपोर्ट तथा आवश्यक कागजात संकलनको पहल थालिएको छ ।
ुहामीले अन्तरराष्ट्रिय आप्रवासन संगठन (आईओएम० लाई मध्यस्थता वा आवश्यक प्रक्रियाका लागि आग्रह गर्न भएका छौं,ु परराष्ट्रका एक अधिकारीले भने । काठमाडौं, दिल्ली र काबुलका तीन एजेन्टले जनही ४ लाख रुपैयाँ उठाएर पर्यटक भिसामा अफगानिस्तान पुर्याएका युवा बाग्रामस्थित एक गेस्ट हाउसमा बन्धक छन् । उनीहरुमध्ये दुई ज्वरोले ग्रस्त भएर गम्भीर अवस्थामा छन् ।