बाबुराम भट्टराईको राजीनामा नदिने अभिव्यक्तिबाट थप चिढिएका विपक्षीहरुद्धारा कांग्रेस माथि प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार दिन दबाब

नेपाली कांग्रेसप्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिने ढृढता व्यक्त गरेको एक दिन पछि मंगलबार नेपाली कांग्रेस माथि प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार दिन दबाब बढ्न थालेकोछ।


नेकपा एमालेका नेताहरुले नेपाली कांग्रेसलाई छिट्टै प्रधानमन्त्रीको उम्मेदवार अघि सार्न सार्वजनिकरुपमै आग्रह गर्न थाले पछि कांग्रेस भित्र पनि सो विषयले महत्व पाउन थालेको कांग्रेस नेताहरु बताउंछन्।


प्रधानमन्त्रीको राजीनामा नदिने सोमबारको अभिव्यक्तिबाट थप चिढिएका विपक्षीहरुले आन्दोलन अझ चर्काउने चेतावनी पनि दिएका छन्।

कांग्रेस सभापति सुशील कोइरालाले पार्टीको केन्द्रिय समितिले उम्मेदवारीबारे निर्णय गर्ने बताए।


उनले आफनो उम्मदेवारीबारे स्पष्टरुपमा केही बताएनन्, तर पार्टीको केन्द्रीय समितिमा प्रस्ताव आएमा आफुले स्वीकार गर्ने संकेत गरे।


विकल्प झण्डै एक महिनाअघि संविधानसभा विघटनभए यता विपक्षी दलहरूले प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग गर्नुपर्ने माग गर्दै आएका छन्।


तर उनीहरूले बैकल्पिक उमेदवार भने प्रस्तुत गर्न सकेका छैनन्।


बरू यसबीच भट्टराईले अर्को निर्वाचित सरकार नबनेसम्म आफ्नै सरकार कायम रहनेमा जोड दिए।
त्यसबाट झस्किएका विपक्षीहरू अब उनीहरू बीचको छलफल प्रधानमन्त्रीको विकल्प खोज्नमा केन्द्रित रहने बताएका छन्।

 

नेकपा एमालेका सचिव शंकर पोखरेलले नेपाली कांग्रेसले प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवार छिट्टै अघि सार्नु पर्ने बताए।
दवाव एमाले सचिव पोखरेलले भने,