भेनेजुयलामा राष्ट्रपति ह्यूगो चाभेजको आलोचना गरेको बहानामा एक टेलिभिजन च्यानलको सबै सम्पत्ति जफत गरिने भएको छ । राष्ट्रपति चाभेजको आलोचना गरेको भन्दै भेनेजुयाली सर्वोच्च अदालतले ग्लोबोभिजन टेलिभिजनको ५७ लाख डलर बराबरको सम्पत्ति जफत गर्न आदेश दिएको हो ।
कैदीहरुबीच भएको झडपको खबर प्रशारण गरेको आरोपमा उक्त कार्वाही गरिएको हो । एक वर्ष पहिले भेनेजुयलाको काराकासमा भएको झडपको समाचार प्रशारण गरो आरोपमा यसअघि सरकार स्वयंले भने दुई लाख डलर जरिवाना गरेको थियो । ग्लोबोभिजन टेलिभिजनले भने सरकारको यस रवैयाको विरोध गरेको छ ।
आगामी अक्टोवरमा हुने राष्ट्रपति चुनावलाई प्रभावित गर्न चाभेजले सञ्चारमाध्यमलाई आफ्नो पक्षमा पार्न यस्तो हर्कत गर्न थालेको आरोप टेलिभिजनले लगाएको छ ।