राष्ट्रिय सहमतिको निम्ति कांग्रेसले गरेको प्रस्तावलाई सत्तारुढ मधेसी मोर्चाका दुई घटकका नेताहरुद्धारा अस्वीकार

सहमतीय सरकार निर्माणको लागि प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामाको माग गरिरहेको कांग्रेसका सभापति सुशील कोइरालाले बिहीबार र शुक्रबार मोर्चाका दुई घटकका नेताहरुसंग छलफल गरेका छन्।

तर मोर्चाका नेताहरुले संघीयता र संविधानका विषयमा समझदारी नभएसम्म वर्तमान सरकार परिवर्तन गरेर सहमतिको सरकार बन्न नसक्ने बताए।


राष्ट्रिय सहमतिको सरकार गठनको माग गरिरहेको नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शुक्रबार मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष एवं मन्त्री राजेन्द्र महतोलाई भेटेर सहमतिको आधारमा अघि बढ्न आग्रह गरेको बताइएको छ।


तर महतोले संघीयता सहितको संविधानको सुनिश्चितता मोर्चाको प्राथमिकता रहेको कुरा आफुले कोइराला समक्ष राखेको भेटपछि संवाददाताहरुलाई बताए।

 

महतोले भने,