स्पेनले रच्यो नयाँ इतिहास

काठमाडौं, १८ असार इटालीलाई ४-० ले पराजित गर्दै स्पेन युरो च्याम्पियनसिपको उपाधि रक्षा गर्न पहिलो टिमको कीर्तिमान राखेको छ । लगातार दुई वटा युरो कप र विश्वकप गरी तीन प्रमुख उपाधि जित्ने कीर्तिमान पनि स्पेनले नै राख्न सफल भएको छ ।



यसैगरी युरो च्याम्पियनसिपको इतिहासमा उपाधिको लागि सबैभन्दा फराकिलो जितको कीर्तिमान पनि यही खेलबाट स्पेनले राखेको छ ।



स्पेनका लागि उपाधिको बाटो मध्यान्तर अघि भएका दुई गोलले कोरिसकेको थियो । खेल सुरु भएको १४ मिनेट मै सिल्भाले पहिलो गोल गरेका थिए । मध्यान्तरभन्दा ४ मिनेट अघि जोर्डी आल्बाले थप एक गोल गरी अन्तर फराकिलो पारे । मध्यान्तरपछिका दुई गोल अन्तिम १० मिनेटमा भएका थिए । फाब्रिगासलाई स्थानान्तरण गरी ल्याइएका टोरेसले ८४ औ मिनेटमा गोल गरे भने त्यसको चार मिनेट मै अर्को स्थानापन्न खेलाडी जुआमाताले अर्को एक गोल गरी जित सुनिश्चित बनाइदिए ।



स्पेनको आक्रमणलाई रोक्न इटालीलाई ११ खेलाडी हुँदै गाह्रो परिरहेको थियो, ६४ मिनेटदेखि १० खेलाडीमात्रै हुँदा त असंभवै भयो । मैदानमा पसेको सात मिनेटमै मिडफिल्डर थियागो मोल्टा चोटग्रस्त भई बाहिरिँदा इटालीले आफनो सबै सब्स्टच्युसन प्रयोग गरिसकेको थियो । प्रतियोगितामै पहिलो पल्ट स्पेनले बलको अधिकांश ुपोसेसनु विपक्षी टिमलाई दिएको थियो मध्यान्तरअघि ।



तर पनि स्पेनको ट्रेडमार्क क्विक पास चैँ घातक र सटिक थियो । यसैको बलमा स्पेन मध्यान्तरअघि दुई गोलको अग्रता हासिल गर्न सफल भयो । स्पेनको ४(० को यो जित युरो कपको इतिहासमा पहिलो हो । यसअघि तत्कालीन पश्चिम जर्मनीले सन् १९७२ मा सोभियत युनियनलाई ३(०ले पराजित गरेको थियो ।