अफ्रिकी मुलुक केन्याको गारीसामा दुईवटा चर्चमा गरीएको आक्रमणमा १५ जना मारीएका छन् । सोमालीयासँग सिमाना जोडीएको शहर गारीसाको क्याथोलिक चर्च र अफ्रिकन ईनल्याण्ड चर्चमा आक्रमण गरींदा ४० जनाभन्दा धेरै घाईते भएका छन् ।
चर्चमा ग्रिनेड प्रहार र गोलीबारी गरीएको थियो । हालसम्म आक्रमणको जिम्मा कसैले नलिएपनि सोमालीयाको ईस्लामिक समुह अल शबाबले आक्रमण गरेको केन्याली अधिकारीहरुको दावी छ ।
केन्याले अल शबाबको गतिविधि नियन्त्रण गर्न गत अक्टोबरमा आफ्नो सेना परिचालन गरेयता केन्याका विभिन्न शहरहरुमा आतंकवादी हमला बढेका छन् ।अल शबाबले आफ्नो भुमी प्रयोग गरी अपहरण र हत्याको श्रृंखला मच्चाएको भन्दै केन्याले सोमालीयाको सिमा क्षेत्रमा आफ्नो सेना तैनाथ गरीरहेको छ ।