नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्ती आज कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदैछ । राजधानीमा जन्मजयन्तीसम्बन्धि विभिन्न कार्यक्रम गरिँदैछ । जिल्लाहरुमा पनि कार्यक्रम गरिँदै छ ।
भारत निर्वासनमा रहेकै बेला वि सं १९८१ सालमा कृष्णप्रसाद कोइराला र दिब्या कोइरालाको पुत्रका रुपमा बिहार राज्यको टेडी शहरमा आजकै दिन उहाँको जन्म भएको थियो । बाल्यकाल भारतमै बिताएका कोइरालाको विद्यालय शिक्षा विराटनगरमा र त्यसपछिको शिक्षा भारतमै भएको थियो ।
भारतको स्वतन्त्रता आन्दोलनमासमेत भाग लिनु भएका कोइराला बिराटनगरको मजदुर आन्दोलनबाट नेपाली राजनीतिमा सक्रिय हुनुभयो । पाँच पटक मुलुकको प्रधानमन्त्री बन्नुभएका कोइराला राजशाहीको पतनसँगै जनताको तहबाट पहिलो कार्यवाहक राष्ट्रप्रमुख पनि हुनु भएको थियो ।
२०४८ सालको आमनिर्वाचनपछि पहिलोपटक मुलुकको प्रधानमन्त्री बन्नु भएका उहाँ २०५५, २०५६ र २०६२