आज गुरुपूणिमा देशभरमा गुरुप्रति श्रदा र सम्मान प्रकट गर्दै गुरुपूणिर्मा मनाइदै

– उमाकान्त पाण्डे गाउंले  

आज असार शुक्लपक्षको गुरुपूणिमा  तिथि अर्थात गुरुपूणिमा , देशभरमा गुरुप्रति श्रद्वा र सम्मान प्रकट गर्दै गुरुपूणिर्मा मनाइदैछ ।

प्राचीनकालको गुरुकुल शिक्षाबाट सुरु भएको यस पर्वमा विद्यार्थीहरुले आफूलाई विद्या,विनय र शिष्टता प्रदान गर्न औपचारिक तथा अनौपचारिक रुपमा भूमिका निर्वाह गर्ने गुरुलाई सकेजति सम्मान गर्ने परम्परा चलिआएको छ । आफ्ना गुरुहरुलाई उपहार दिने वा भेटेर आजको दिन सम्मान प्रकट गर्ने परम्परा भए पनि पछिल्ला वर्षहरुमा भने विद्यार्थी र गुरुबीचको सम्वन्धको महत्व घट्दै गएको छ ।

सनातन धर्मावलम्बीहरूले अपौरुषेय वेदलाई चार भाग लगाउने, महाभारत, श्रीमद्भागवत, अठार पुराण उपपुराण र विष्णु सहस्रनामका रचयिता वेदव्यासको जन्मजयन्तीलाई गुरु पूणिर्माका रूपमा मनाउने प्रचलन छ ।

संस्कृतमा