पाकिस्तानले नेटो सेनाको लागि अत्यावश्यक सामग्री आपुर्तीको लागि प्रयोग हुने बाटो फेरी खोलिदिने

पाकिस्तानले अफगानिस्तानामा तैनाथ नेटो सेनाको लागि अत्यावश्यक सामग्री आपुर्तीको लागि प्रयोग हुने आफ्नो देशको बाटो फेरी खोलिदिने भएको छ । गत नोभेम्बरमा अमेरीकी सेनाको हवाई आक्रमणका २४ पाकिस्तानी सैनिक मारीएपछि पाकिस्तानले नेटो गठबन्धनको लागि अफागनिस्तानमा खाद्यान्य लागायतका सामग्री ओसारपसार गर्ने बाटो बन्द गरिदिएको थियो । यसले अफगानिस्तानमा तैनाथ नेटो मिशनलाई नैं अप्ठ्यारोमा पारेको थियो ।


हिजो साँझ अमेरीकी विदेशमन्त्री हिलारी क्लिन्टनले आफ्नो सेनाको गल्तीले भएको आक्रमणमा २४ पाकिस्तानी सैनीक मारीएको घटनाप्रति माफी मागेपछि ढुवानी मार्ग फेरी सुचारु गर्न पाकिस्तान सहमत भएको हो । अमेरीकी विदेशमन्त्री हिलारी क्लिन्टन र वहाँको पाकिस्तानी समकक्षी हिना रब्बानी खारले टेलीफोनमा वार्ता गरेपछि अमेरीकाले घटनाप्रति दुख व्यक्त गर्दै क्षमायाचना गरेको हो ।


नोभेम्बर यता पाकिस्तानले आफ्नो भुमीबाट हुने ढुवानीमा रोक लगाएपछि अमेरीकाले पुर्वी एशीयाली राष्ट्रहरुसँग नयाँ मार्गको लागि सम्झौता गरेपनि त्यो बाटो नेटोको लागि निकै महंगो पर्दथ्यो । पाकिस्तानले बाटो खोलीदिने भएपछि अमेरीकासँग विग्रदो उसको सम्बन्ध केही सुधारीने देखीएको छ । यसले पामिस्तानका नयाँ प्रधानमन्त्री राजा परभेज अस्राफलाई पनि बलीयो बनाउने विष्लेषण गरिएको छ ।