– कर्ण जंग रायमाझी
(कोरिया ब्यूरो )
कोरिया । अर्घाखाँची कोरिया सम्पर्क मंचले नवौ बैठक तथा सस्थापक सचिब ठाकुर प्रसाद भुसालको विदाई कार्यक्रम सम्पन्न गरेको छ।
यस अघी रिक्त पद सन्धिखर्क -७ का लेखनाथ पोख्रेललाई सुम्पिए लगतै स्वदेश फर्कने क्रममा सस्थाका सस्थापक सचिब ठाकुर प्रसाद भुसालको विदाई गर्ने उदेश्यले गत जुलाई १ तारिक आइतबार कोरियाको इन्छनको बुफ्यांग सहरमा सस्थाको बैठक बसेको थियो ।
बैठक सस्थाका अध्यक्ष कर्ण जंग रायमाझी सभापतित्वमा सम्पन्न उक्त बैठकमा सस्थाका धेरै सदस्यहरुको उपस्थिति रहेको थियो।
सचिब ठाकुर प्रसाद भुसालको संचालनमा अथिति थम्मन के.सीको उपस्थितिमा बसेको उक्त विदाई कार्यक्रम २ जना उपाध्यक्षहरुले विदाईको मन्तब्य राखेका थिए।
अहिले सम्म जम्मा भएको रकमलाई अर्घाखाँची बिकट गाउबाट उपचारको लागि जिल्ला अस्पताल आउनेहरुको विभिन्न दु:ख कस्ट भोग्नु परेको स्थितलाई मध्यनजर गर्दै अस्पतालमा बिरामीलाई अती आवश्यक पर्ने भौतिक सामग्रीहरु उपलब्ध गराउने हेतुले ५० देखि ६० हजार बराबरको सामग्री सहयोग यही आउदो अगस्त भित्रै उपलब्ध गराउने निर्यण पनि भएको छ।
अन्त्यमा आउने गर्मि बिदामा सस्थाको अधिबेसन सहित नब आगन्तुकहरुलाई स्वागत, जिल्लाबासीको परिचय लागि परिचय पत्र वितरण गर्ने निर्णय पनि गरेको छ।
बिगत २ वर्ष देखि अर्घाखाँचीबाट आई आफ्नो अमुल्य समयलाई प्रबाह नगरी हप्ताको ६ दिन काम र १ दिनको छुट्टी त्यही पनि समय मिलाई साथीहरु संग भेट भै आफ्ना शुख दु:खका कुराहरु साटासाट गर्ने उधेस्यले भईपरी आउदा सहयोगको अपेछ्या गर्ने हेतुले जिल्लाबासीहरुको सस्था जन्म भएको थियो ।
सस्थाले २ वर्षको अबधिमा सबै संघ सस्थाहरु संग हातेमालो गर्दै विभिन्न कार्यक्रममा भाग लिदै केहि सानो भएपनि उपलब्धि एवम सराहनीय काम गर्दै आएको छ।
अर्घाखाँची कोरिया सम्पर्क मंचले यस अघी पनि जीवन मृत्युसँग लडेका नरेश खत्री एवम स्थानिय नेपाली बिच हुने खेल प्रतियोगितामा सहभागी हुन आवश्यक आर्थिक, ड्रेस उपलब्ध गराउने लगायतका क्षेत्रमा सह्योग गर्दै आएको छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।