पूर्वराजा ज्ञानेन्द्र शाहको पाँच दिने धार्मिक भ्रमण सम्पन्न

Photo8बुटवल । काठमाडौंमा प्राप्त समाचार अनुसार  रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको पाँच दिने धार्मिक भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् ।

 

थाहा भए अनुसार पाँच दिनमा उनी तीन जिल्लाका प्रसिद्ध धार्मिक स्थलहरुमा पुगेर पूजा गरेका थिए । उनले मुलुकमा नयाँ शक्तिको उदय हुने र त्यो राजसंस्था पनि हुन सक्ने बताएका थिए ।

 

काठमाडौ फर्किनु अघि पूर्व राजा शाहले आफू बसेको होटल निवार्णामा यस क्षेत्रका उद्योगी व्यावसायी, सामाजिक संघसस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, विभिन्न दलका कार्यकर्ता, शिक्षासेवी र सर्वसाधारणसँग भेट गरेका थिए ।

 

पूर्व राजासँगको भेटमा उपस्थित अधिकांशले देशलाई बिखण्डन र जातजातिबीच हुन लागेको युद्धबाट बचाउन आग्रह गरेका थिए ।

 

उनीहरुले संबिधानसभाको निर्वाचनपछि दलहरु असफल भई मुलुकनै असफल सूचिमा पर्न लागेको प्रति चिन्ता व्यक्त गर्दै देशलाई जोगाउन आग्रह गरेका थिए ।

 

भेटघाटपछि उनी भैरहवाको अन्नपूर्ण होटेलमा रहेको दुर्गा मन्दिरमा गाई पूजा गरेका थिए ।

 

पूर्व राजा दुर्गा मन्दिरमा पूजाका लागि आउने भनेपछि स्वागत गर्न सर्वसाधरणको निकै भिडभाड थियो । उनी भैरहवाको बुद्धचोकबाट दुर्गा मन्दिरसम्म स्थानीयसँग सामान्य सम्वाद गर्दै हिडेरै पुगेका थिए ।