प्राप्त समाचार अनुसार आन्तरिक राजस्व विभागले ठूलो मात्रामा कर छलेको आशंकामा थप पाँचसय १३ वटा ठूला तथा मध्यम खालका व्यावसायिक कम्पनीहरुमाथि छानबीन शुरु गरेको छ।
यसैगरी झुटा बिल बनाएको र नाफा कम देखाएर राजस्व छलेको आशंकामा ती कम्पनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएको विभागका अधिकारीहरुले बताए।
त्यो अनुसन्धान सकिए लगत्तै विभागले झण्डै पहिलो चरणकै संख्याको हाराहारीमा ठूला घरानियाँ ब्यापारी र विभिन्न कम्पनीमाथि छानबीन बढाएको हो।
यसैगरी यस अघि र अहिले छानबीनमा परेका कम्पनीले राजस्व छल्ने उस्तै शैली अपनाएको अधिकारीहरुको भनाइ छ।
जोखिम मापन गर्ने मापदण्डका आधारमा दोस्रो अनुसन्धान शुरु गरिएको विभागका महानिर्देशक टंकमणि शर्माले बताए।
उनले भने,