काठमाडौं, २२ असार यस आर्थिक वर्षको बजेट सहमति गरी समयमै ल्याउन नेपाल चेम्बर अफ कमर्सले आज प्रधानमन्त्री बाबुराम भट्टराईलाई ध्यानाकर्षण गराउने भएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अधिकारीका अनुसार अपरान्ह १२ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेट्ने कार्यक्रम तय भएको छ ।
समयमा पूर्ण बजेट नआए अर्थतन्त्र धरापमा गर्ने भन्दै नेपाल चेम्बर अफ कमर्सले बजेटको लागि ध्यानाकर्षण गराउदै आएको छ ।