थानकोट र चन्द्रागिरिमा केबलकार

२२ असार, काठमाण्डौं । काठमाण्डौं फनपार्कले करिब एक अर्व रुपैयाँको लागतमा थानकोटदेखि चन्द्रागिरिसम्म केवलकार चलाउने भएको छ । डेढ बर्ष भित्र निर्माण पुरा हुने यो केबलकार मनकामना पछि दोस्रो हो ।

केबलकारका लागि जग्गा लिजमा लिने किन्नेकाम सकिएको जानकारी दिँदै लागनीकर्ता तथा आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले डेढ बर्ष भित्रका केबलकार प्रयोगमा आउने जानकारी दिएको खबर नागरिक दैनिकले छापेको छ ।

विश्वकै उत्कृष्ट प्रविधिको प्रयोग गरेर केवलकार निर्माण गरिने लगानी कर्ताहरुको भनाईरहेको छ । उक्त केबलकार निर्माण सम्पन्न भएपछि पाँचसय भन्दा बढी कामदारले रोजगार पाउने पनि ढकालको भनाई छ ।

यो केवलकार थानकोटको त्रिभुवन पार्कनजिकबाट चढ्न सकिने छ । यसको लम्वाई साढे दुई किलोमिटरको हुने छ । यसका लागि कम्पनीले सरकारसँग ७ सय २० हेक्टर जग्गा लिजमा लिएको छ । स्थानियबासीसँग पनि ६० रोपनी जग्गा किनीसकेको बताईर्एको छ ।