राजनीतिक वन्दीका सन्तान चोरी गरेको अभियोगमा अर्जेन्टिनाका पुर्व जुन्ता सरकारका दुई नेताहरुलाई लामो जेल सजाय

अन्तरराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरे अनुसार कारागारमा रहेका राजनीतिक वन्दीका सन्तान चोरी गरेर अन्य परिवारलाई दिएको अभियोगमा अर्जेन्टिनाको पुर्व जुन्ता सरकारका दुई जना नेताहरुलाई जेल सजाय सुनाईएको छ ।

 

समाचार अनुसार राजधानी ब्युनस आयर्सको एक अदालतले सैन्य शाशनकालका नेताहरु योर्गे भिडेला र रेनाल्डो बिग्नोनेलाई राजनीतिक वन्दीका छोराछोरी चोरी गरेको आरोपमा सजाँय सुनाएको हो ।


साथै मुख्य दोषी भिडेलालाई ५० वर्ष जेल सजाँय तोकिएको छ भने अर्का दोषी बिग्नोनलाई १५ वर्ष सजाय सुनाईएको छ । सन् १९७६ देखी १९८३ सम्मको सैन्य शाशनकालमा अर्जेन्टिनाका विभिन्न कारागारमा रहेका राजनीतिक वन्दीहरुका झण्डै ४ सय सन्तानलाई गैरकानुनी ढंगले नियन्त्रणमा लिईएको थियो । ति मध्ये हालसम्म एक सयजनाको मात्रै आप्mनो परिवारसँग पुनर्मिलन भएको छ भने बाँकी ३ सयको अवस्था अज्ञात छ ।


साथै बालबालीका चोरीको आरोपमा यी दुई नेताहरु सहित सेना र प्रहरीका ११ जना उच्च अधिकारीहरुमाथि आरोप लागेपनि ९ जनाले सजाँय पाएका छन् । बाँकी दुई जना भने निर्दोष ठहरिएका छन् । सजाँय सुनाईएका भिडेला र बिग्नोन यसअघि पनि विभिन्न मुद्दामा दोषी ठहरीदै कारागारमै वन्दी जिवन बिताईरहेका छन् । आप्mनो शाहनकालमा ३१ सर्वसाधारणको हत्या गरेको आरेपमा भिडेलाले आजिवन कारागारको सजाँय काटिरहेका छन् ।