राष्ट्रपति यादवद्धारा विपक्षी दलहरुलाई साथमा लिएर बजेट ल्याउन सरकारलाई सुझाव

राजधानीबाट नेपाली संचारमाध्यमहरुले लेखेका समाचार अनुसार राष्ट्रपति डा. रामवरण यादवले विपक्षी दलहरुलाई साथमा लिएर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन।

 

समाचार अनुसार उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारसँगको भेटमा राष्ट्रपति यादवले दलहरुको विवादकाबीच बजेट ल्याए सबैलाई अप्ठ्यारोपर्ने बताएका थिए।


त्यसक्रममा शितलनिवासमा विहान भएको भेटमा गृहमन्त्री गच्छदारले पूर्ण बजेट नल्याउँदा पर्ने अप्ठ्यारोबारे जानकारी गराएका थिए।

 

साथै  राष्ट्रपति यादवले मूख्य चार दलको खिंचातानीले संविधानसभा विघटन भएको र सरकारले पनि कुनै उल्लेख्य भूमिका निभाउन नसकेको भन्दै असन्तुष्टी जनाएका थिए।