क्युवाको राजधानी हवानामा हैजाका रोगी भेटिएका छन् । विश्वबाटै उन्मुलन भईसेकको भनिएको हैजाको विरामी भेटिएपछि क्युबा लगायत अत्तर अमेरीका, क्यारेबियन राष्ट्रहरु तथा लेटिन अमेरीकाभर उच्च सतर्कता अपनाईएको छ ।
क्युबाका अधिकारीहरुका अनुसार रोगबाट ५० भन्दा धेरै विरामी संक्रमित भएका छन् भने एक हजार भन्दा धेरैलाई निगरानीमा राखिएको छ । तर ती सबैमा हैजाको जिवाणु भए नभएकोबारे भने यकीन हुन सकेको छैन ।
क्युबाको दक्षिण पश्चिमी ग्रान्मा राज्यको मान्जानिलो शहरमा हैजाको जिवाणु भेटिएको केही दिनमै संक्रमण राजधानी हवानासम्म फैलिएको हो ।
हैंजा प्रभावित ग्रान्मा प्रान्तका सयौ स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरु हाईटीमा मानविय सहयोग कार्यमा खटेका थिए । सन् २०१० को विनाशकारी महाभुकम्पपछि हाईटीमा फैलिएको हैजा नियन्त्रणमा खटिएकाहरुले नैं क्युबामा हैजा भित्राएको हनुसक्ने अनुमान गरिएको छ ।
स्वास्थ्यकर्मीहरुले रोगको संक्रमण कहाँबाट कसरी सुरु भयो भन्नेवारे अनुसन्धान जारी राखेका छन् ।