अमेरिका लैजाने भन्दै चार करोड ठगी

२५ असार, काठमाण्डौं । अमेरिका उडाइदिन्छु भन्दै दुईसय जनासँग ४ करोड रुपैयाँ उठाएर ३ जना दलाल फरार भएका छन् । नुवाकोट तलाकु गाविसका हस्तबहादुर गुरुङ, काठमाण्डौं महाराजगञ्जका बिमलसिंह ठकुरी र शिबराम श्रेष्ठले रकम र्लिर फरार भएको बैदेशीक रोजगार विभागमा उजुरी परेको छ । उनीहरुले झण्डै दुईसय जनालाई प्रतिव्यक्ति १० लाख सम्म उठाएर फरार रहेको पिडितहरुले बताएका छन् ।