पशुपतिको भेटी ३ महिनामै ३ करोड

काठमाडौं, असार २५ सरकारले पशुपतिनाथ मन्दिरमा भेटी व्यवस्थापन थालेपछि तीन महिनामा २ करोड ५६ लाख २६ हजार रुपैयाँभन्दा बढी संकलन गरेको छ । पशुपतिनाथ मन्दिरमा दैनिक जम्मा हुने भेटी पारदर्शी बनाउन सरकारले ुमन्दिर तथा पूजा व्यवस्थापन नियमावली २०६८ु लागू गरेपछि दुई वर्ष बराबरको भेटी तीन महिनामै संकलन भएको हो । गत चैत २६ मा सरकारले नियमावली लागू गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषका लेखापाल विष्णु लामिछानेका अनुसार आर्थिक वर्ष ०६७र६८ मा ९६ लाख रुपैयाँ र आव ०६८र६९ मा १ करोड १२ लाख रुपैयाँ भेटी संकलन भएको थियो । पशुपति विकास कोषले दिएको जानकारीअनुसार पशुपतिको विशेष पूजाबाट मात्रै डेढ करोड रुपैयाँ भेटी संकलन भएको छ । यही अनुपातमा भेटी संकलन भए वर्ष दिनमा करिब दस करोडभन्दा बढी संकलन हुने कोषको अनुमान छ । नियमावली लागू हुनुभन्दा अघि मूल भट्टले आफ्नो स्वविवेकले मात्र पशुपति मन्दिर व्यवस्थापनका लागि खर्च उपलब्ध गराउने चलन थियो ।

दुई आर्थिक वर्षको २ करोड ८ लाख रुपैयाँ पनि मूल भट्टले स्वविवेकले व्यवस्थापनका लागि छुट्याएको लेखापाल लामिछानेले बताए । ुयसअघि खासै हिसा किताब नै थिएन, मूल भट्टले स्वविवेकले जति दिए पनि हुन्थ्यो, अब पारदर्शी हुन थाल्यो,ु उनले भने ।

सरकारले मन्दिर तथा पूजा व्यवस्थापन नियमावली लागू गरेपछि यस्तो हिसाब बाहिर आएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहाटाले पशुपति र वासुकी मन्दिरको पूजाबाट मात्र करिब डेढ करोड रुपैयाँ संकलन भएको बताए । मूल मन्दिरबाट १ करोड ३० लाख रुपैयाँ र वासुकी मन्दिरबाट ५० लाख रुपैयाँ संकलन भएको उनले बताए । ुयो त असार २१ गतेसम्मको मात्र हिसाब हो, २६ गतेसम्म त बढी संकलन हुन्छ,ु उनले भने ।

भनेजति दर्शनार्थीलाई अझै सेवा सुविधा दिन नसकेको भन्दै उनले आगामी दिनमा त्यसलाई व्यवस्थित गर्दै लैजाने बताए । ुकमी(कमजोरी छन्, सुधार गर्दै जान्छौं, नयाँ प्रयोग हो सिक्दै छौं,ु उनले भने । पशुपतिनाथ मन्दिर प्रवेश सजिलै गराउन सके भेटी बढी संकलन गर्न सकिने उनले बताए । ुअझै पनि कतिले हुन्डीमा पैसा खसाल्दैनन्, बानी नै परेको छैन,ु उनले भने ।

पशुपति मन्दिरमा प्रत्येक दिन तीस वटाभन्दा बढी विशेष पूजा लाग्छन् । पूजामा एकजना दर्शनार्थीले बीस हजार रुपैयाँभन्दा बढी भेटी चढाउँछन् । नवग्रह, हनुमान, उन्मुक्तभैरव र चौसट्ठी लगायतका मन्दिर पूजाबाट उठेको रकम संकलन भएको उनले बताए । गत वर्ष वर्षदिनको मन्दिरको भेटीघाटी दुई लाख रुपैयाँ मात्र सार्वजनिक गरिएको थियो । पुरानो परम्पराअनुसार पुजारी र भण्डारीले भेटीघाटी लाने गरेका थिए ।

मन्दिरमा घट्न सक्ने अप्रिय घटनाको समाधान गर्न सरकारले सुरक्षा व्यवस्था नगरेको उनको गुनासो थियो । दर्शन गर्न मन्दिरमा दैनिक हजारौं दर्शनार्थी आउने भन्दै उनले मन्दिर सुरक्षाका लागि छुट्टै सुरक्षाकर्मी हुनुपर्ने बताए । ुसुरक्षाकर्मी मन्दिर प्रशासनबाट चल्नुपर्छ, मन्दिरमा अप्रिया घटना भएमा माथिको निर्देशन पर्खेर बस्ने होइन, आदेश पर्खंदासम्म यहाँ जे पनि घटना हुनसक्छ,ु उनले भने ।