नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमाज विजुक्छेले राष्ट्रपति रामवरण यादवले शक्ति हातमा लिनुपर्ने धारणा राखेका छन् । संक्रमणकाल अन्त्य गरी मुलुकलाई नयाँ दिशा दिन राष्ट्रपतिले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने विजुक्छको भनाई छ ।
रेडियो कान्तिपुरसँग सोमबार बिहान कुरा गर्दै विजुक्छेले गतिरोध अन्त्यका लागि सर्वपक्षीय भेलाको आवश्यकतामा जोड दिए । सवै दल एक ठाउँमा बसेर छलफल गरे गतिरोध अन्त्य हुने उनको विश्वास छ ।
विजुक्छेले प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने कुरामा दुई मत नभए पनि तत्काल पद छाड्न नहुने बताए । प्रधानमन्त्रीले राजीनामा दिंदै राजनीतिक गतिरोध बल्झने उनको भनाई छ ।