एफबीआईद्धारा एक गिरोहले इन्टरनेट सेवामा भाइरस प्रवेश गराएको जनाउँदै सचेत रहन विश्व समूदालयलाई आग्रह

अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफ.बी.आई ले एक गिरोहले इन्टरनेट सेवामा भाइरस प्रवेश गराएको जनाउँदै सचेत रहन विश्व समूदालयलाई आग्रह गरेको छ ।

 

एफ.बी.आई ले सन् २०११ मा सर्बरमार्फत इन्टरनेटमा भाइरस प्रवेश गराउने एक गिरोहलाई पक्राउ गरेको थियो ।

 

सोही गिरोहका केही ब्यक्ति हालसम्म फरार रहेको र उनीहरुले बिश्वका कैयौं राष्ट्रमा रही इन्टरनेट सेवामा भाइरस प्रवेश गराउन खोजिरहेको एफ.बी.आईले जनाएको छ ।

 

गिरोहका सदस्यहरुको खोजी तीब्र पारिएको पनि एफ.बी.आईले जनाएको छ ।