– प्रेमनारायण आचार्य
वाङ्ला, अर्घाखाँची । परम्परागत कृषि प्रणालिमा समय सापेक्ष सुधार गरी कृषिमा ब्यावशायिकता ल्याउनका लागि संचालित निट परियोजना अन्तर्गत अर्घाखाँची जिल्लाको वाङ्ला गाविसमा ३ दिने कृषि उद्यम पाठ्यक्रम प्रशिक्षण कार्यक्रम संम्पन्न भएको छ । असार २४ देखि २६ संम्म तिन दिन सो तालिम संचालन भएको थियो ।
कृषि प्रणालिलाई ब्यावशायिक बनाउनको लागि कृषकले ब्यावशायिक योजना निर्माण गर्नुपर्ने । आफूले कुन कुरा उत्पादन गर्दा बढि मूल्य पाउन सकिन्छ भन्ने कुराको बारेमा सधै सचेत बन्नुपर्ने तथा उत्पादन गर्ने कृषकको अधिकतम हित हुने गरी कसरी कार्य गर्ने लगायतका बिषयहरुमा सो तालिम कार्यक्रममा जानकारी गराईएको थियो ।
यस भन्दा अगाडी आफूहरुले अन्य तालिम पाएतापनि आफ्नो जीवनको लागि अत्यन्तै उपयोगी खालको यस तालिमले हामीलाई निर्वाहमूखी बाट ब्यावशायिक बनाउनका लागि महत्वपूर्ण कुरा सिकाएको तालिमकी एक जना सहभागी सविता भण्डारीले बताउनुभयो ।
तालिमको क्रममा प्रयोग गरिएका विधी तथा बिभिन्न ब्यवहारिक खेलहरुबाट बिषय बस्तु बुझनको लागि सहज भएको सहभागीहरुको भनाई रहेको थिया । निट कार्यक्रम अन्तर्गत वाङ्लामा गठन भएका बिभिन्न आठ वटा समुहबाट १५ जना महिला र ५ जना पुरुष गरी जम्मा ३० जनाको सो तालिममा सहभागीता रहेको थियो । निटहर्डेक र आदर्श समाजको संयुक्त आयोजनामा संचालित सो तालिम कार्यक्रमको सहजिकरण सुरेश दाहालधनिश्वर पाण्डे र नुमा पाण्डेले गर्नुभएको थियो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।