दुग्ध व्यावसायमा किमडाँडा र भगवतीका महिला

– वीरेन्द्र केसी

 

अर्घाखाँची – दैनिक रुपमा आम्दानी हुने भएपनि गाउँका महिला दुध उत्पादनमा सकि्रय भएका छन । दुध उत्पादनका लागि भैसी र गाई पाल्नेको सख्यामा वृद्धि भएको छ । 


   दुधबाट दैनिक नगदसँगै राम्रो आम्दानी भएकाले अन्य पेशा छाडेर दुध उत्पादनमा लागेका हुन । जिल्लाको किमडाँडा र भगवती गाविसका झण्डै दुई सय महिलाको दुग्ध व्यावसाय फस्टाउदै गएको छ । 

 

   दुध उत्पादनमा वृद्धि ल्याउन उन्नत जातका गाई र भैसी पाल्ने गरेका छन । उन्नत गाई ल्याएपछि मासिक १० हजार भन्दा बढी आम्दानी भयो भगवतीकी पार्वता पाण्डले भनिन जागिर खोज्नु भन्दा यही पेशा उत्तम लाग्यो । एक वर्ष देखी उन्नत जातका एक भैसी र एक गाई पालेकी छु उनले भनिन दुधबाट दैनिक नाफा सगै गोबर मलबाट अन्न उत्पादन बढी हुने दुध महि दही ध्यु प्रशस्त खान पाएपछि स्वस्थ्य शरिर हुन्छ । यसबाट चौगुना फाईदा छ उनले भनिन तरकारी खेती छाडेर दुध उत्पादनमा लागे ।


   उनी जस्तै गाविसका एक सय २५ जना किसानले दिनँहु दुध बिक्री गरेर मासिक १० देखी १५ हजारसम्म कमाई गर्दै आएका छन । भगवती गाविसबाट दैनिक छ सय लिटर जति दुध गुल्मीको तम्घासमा जाने गर्छ । गाउँमा उत्पादन भएको दुध तम्घासको मैत्री दुग्ध प्रशोधन केन्दले्र खरिद गर्ने गरेको छ । 

 

    यहाँ अहिलेसम्म ३ सय ८० गाई भैसीको जीवन विमा भएको छ भगवती भैसी पालन समुहका अध्यक्ष टोपलाल पाण्डेले भने  गाउँमा दुध बेचेर दैनिक ४ सय रुपैमा अम्दानी गर्ने किसान एक सय २५ जना मध्ये ९० जना महिला सकि्रय छन  । गाउँका महिला बढी सकि्रय भई पशु पाल्न थालेपछि दुध उत्पादनमा वृद्धि भएको उनले बताए । 

 
किमडाँडा गाविसमा उत्पादन भएको दुध भने सन्धिखर्कमा विक्री भएको छ । किमडाँडा गाविसमा पनि पशु पालन फस्टाएको छ । यहाँका ६० जना किसानले जर्सी गाई र मुर्रा भैसी पालेका छन ।


   यहाँका अधिकाश किसानले व्यावसाय तरकारी खेतीलाई छाडदै गरेर दुध उत्पादनमा लागेका छन । गाउँमा उत्पादन भएको दुध सन्धिखर्कको भुसाल र प्रकृति डेरी उद्योगले खरिद गर्दै आएको छ । ५ सय लिटर डेरीमा र ५ सय लिटर बजारमा खपत हुन्छ लक्ष्मी दुग्ध उत्पादन समुहका अध्यक्ष गणेश ब-जाडेले भने गाउँका ६० जनाका घरमा जर्सी र मुर्रा भैसी छन सबैका घरबाट दैनिक ५ देखी १० लिटरसम्म दुध उत्पादन भैरहेको छ । गाउँमा मासिक दुई सय देखी आठ सयसम्म दुध बेचेर फाईदा लिएको उनले बताए ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



अन्य समाचारहरु