ईजिप्टका राष्ट्रपति मोहमद मु्र्सीले संसद पुनर्स्थापनाको आदेश दिएपछि सर्वोच्च सैनिक परिषद रुष्ट

ईजिप्टका राष्ट्रपति मोहमद मु्र्सीले संसद पुनर्स्थापनाको आदेश दिएपछि त्यहांको सर्वोच्च सैनिक परिषद रुष्ट भएको छ । राष्ट्रपतिमा निर्वाचित भएको केही समयपछि नै मुर्सीले एक महिना अघि विघटन भएको संसद पुनर्स्थापनाको आदेश दिनुभएको थियो ।

 

राष्ट्रपतिको पार्टी मुस्लिम ब्रदरहुडको स्पष्ट बहुमत रहेको संसदलाई एक महिना अघि सैनिक परिषलले अदालती आदेशको आडमा भंग गरेको थियो ।

 

राष्ट्रपति मुर्सीले अर्को निर्वाचन नभएसम्मका लागि पुनर्स्थापित संसदले काम गर्ने उल्लेख गर्नुभएकोमा सैनिक परिषदले विघटनको निर्णय सदर हुनुपर्ने भन्दै राष्ट्रपतिलाई दबाब दिएको हो ।

 

संसद पुनस्र्थापना गर्ने राष्ट्रपति मुर्सीको आदेश लगत्तै सैनिक परिषद्को बैठक बसेर राष्ट्रपतिलाई दबाब दिने निर्णय गरेको हो । होस्नी मुबारकको पतनपछि सैनिक परिषद् शक्तिमा आएको थियो ।