लिबियाबाट इटलीका लागि प्रस्थान गरेका डुंगा पल्टदा ५४ शरणार्थीहरुको मृत्यु भएको छ ।
१५ दिने डुंगा यात्रामा सवार उनीहरुको डुंगा तेज गतीको हावाका कारण दुर्घटना भएको बताईएको छ । इटलीको सीमा पुग्नैलाग्दा भएको डुंगा दुर्घटनामा मृत्यु हुने अधिकांश शरणार्थीहरुमा महिला र केटाकेटी रहेका छन् ।
लिबियामा जारी हिंसाका कारण सयौं नागरिक घरबारबिहिन बनेका थिए भने उनीहरु छिमेकी देशमा शरण लिन बाध्य छन् ।