भारतले महात्मा गान्धीका चिठीपत्रहरुको संग्रह, कागजात, तस्बिरहरु किन्यो

महात्मा गान्धीका चिठीपत्रहरुको संग्रह, कागजात, तस्बिरहरु तथा उनीसँग सम्बन्धित अन्य सरसामान भारतले बेलायतबाट किनेको छ । ती सामान ११ लाख अमेरिकी डलरमा भारत सरकारले किन्ने निर्णय गरेको भारतको संस्कृति मन्त्रालयले जनाएको छ । महात्मा गान्धीका साथी रहेका बेलायतका एकनजा वरिष्ठ कलाकार हर्मन कलेनब्याकले ती सामानहरु आफ्नो संग्रहका रुपमा राखेको बताइएको छ । सोही संग्रहबाट ती सरसामानहरु किनिएको भारतले जनाएको छ ।


बेलायतको इसा सारिदमा रहेको हर्मनको घरमा ती सामग्री रहेको भन्ने विषयमा भारतका एक वरिष्ठ इतिहासविद् रामाचन्द्र गुहाले पत्ता लगाएका थिए । ती सामग्री भेटिएपछि उनले भारत सरकारलाई जानकारी गराएका थिए । गान्धीको कागजपत्रबाट उनका राजनीतिक र बैयक्तिक धेरै विवरण खुल्ने आशा गरिएको छ ।