दक्षिण कोरियाका राष्ट्रपति ली म्युङ वाकका दाजु ली सङ डीक भ्रष्टाचारको अभियोगमा पक्राउ

दक्षिण कोरियाका राष्ट्रपति ली म्युङ वाकका दाजु ली सङ डीक भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन् । कानुनविद् समेत रहेका ७६ वर्षिय ली विरुद्ध सोलको मुख्य जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।

 

सरकारी वकिलको कार्यालयले ली सङ डीकले दुई वटा बैंकका प्रमुखबाट ५ लाख डलर घुस लिएको आरोप लगाएको छ ।

 

 ली लाई अदालतमा लैजादै गर्दा बैंकहरुमा आफ्नो पैसा डुबाएकाहरुले उनीमाथि अण्डा फ्याँंकेका थिए ।

 

छैटौं पटक संसद सदस्य रहिसकेका लीको पक्राउलाई सत्तारुढ कन्जरभेटिभ पार्टीलाई गंम्भीर धक्काको रुपमा हेरिएको छ ।