काठमाडौं – लिबियाबाट भूमध्यसागर हुदै इटाली गइरहेका ५४ ब्यक्तिको तिर्खाका कारण मृत्यु भएको छ । उनीहरु हावा भर्न मिल्ने डुगा चढेर इटाली जादै गरेका बेला मृत्यु भएको बाचेका एक ब्यक्तिले जनकारी दिए ।
तिर्खा मेट्न समुद्रको पानी पिएका ती ब्यक्तिलाई डुगाको इन्धन सिलिन्डरमा झुण्डिएको अवस्थामा सोमबार राती माझीले टयुनिसियाको तटीय क्षेत्रमा फेला पारेको शरणार्थीका लागि सयुक्त राष्टङसंघीय उच्चायुक्तको कार्यालयले जनाएको छ ।
माझीले तटरक्षकलाई त्यसको खबर गरेका थिए । दुर्घटनामा बाचेका ब्यक्तिको टयुनिसियाको एक अस्पतालमा उपचार भैरहेको छ । परिवारका तीन सदस्य गुमाएका उनले आफूहरुसग पानी नभएकाले केही दिनमै मर्न थालेको बताए ।