राष्ट्रपति ओबामाद्धारा अमेरिकी कम्पनीहरुले बर्मामा जिम्मेवारीपूर्वक व्यापार गर्न सक्ने घोषणा

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी कम्पनीहरुले बर्मामा जिम्मेवारीपूर्वक व्यापार गर्न सक्ने घोषणा गर्नु भएको छ । गत महिना बर्मामा अमेरिकी लगानीमा लाग्दै आएको प्रतिबन्ध खुकुलो गर्ने प्रतिबद्धता अनुरुप अमेरिकी राष्ट्रपतिले यस्तो घोषणा गर्नु भएको हो ।

 

तर ओबामाले बर्मामा रहेको पारदर्शीताको अभावका विषयमा भने अमेरिका गंभीर रहेको स्पष्ट पार्नु भयो । बर्मामा हालै चालिएका राजनीतिक सुधार र राजनैतिक बन्दीहरुको रिहाईलाई सकारात्मक रुपमा लिंदै अमेरिकाले प्रतिबन्ध खुकुलो पारेको छ ।

यसैबीच बर्माका राष्ट्रपति थेई सेनले पश्चिमा मुलुकहरुलाई बर्मा विरुद्धका सबै प्रतिबन्ध फुकुवा गर्न आग्रह गर्नु भएको छ । फाइनान्सिल टाइम्स्संगको अन्तर्वार्ताका क्रममा बर्मेली राष्ट्रपति सेनले व्यापार र लगानीको आवश्यकताका लागि वित्तिय र अरु आर्थिक नाकाबन्दी हटाइनु महत्वपूर्ण रहेको बताउनु भयो ।

 

यूरोपिपन युनियन,अष्ट्रेलिया लगायतका अरु मुलुकले पहिले नै बर्मा माथिका प्रतिबन्ध खुकुलो पारिसकेका छन् ।