भट्टराई नेतृत्वको सरकारको कार्यशैलीप्रति एकीकृत माओवादी प्रचण्ड असन्तुष्टि

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले केन्द्रिय समिति बैठकमा पेश गरेको प्रतिवेदनमा उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको बताइएको छ।


एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नै उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारको कार्यशैलीको आलोचना गरेको बताइएको छ।




उनको प्रतिवेदनबारे केन्द्रिय सदस्यहरुले शुक्रबारदेखि छलफल गर्ने कार्यक्रम छ।


पार्टी फुटेपछि पहिलो पटक डाकिएको केन्द्रिय समिति बैठकले अर्को हप्ता शुरु हुने विस्तारित बैठकको एजेण्डा तयार गर्ने छ।


पार्टी फुट्नु अघि भएको केन्द्रिय समिति बैठकमा पनि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यशैलीको आलोचना गरेका थिए।


भट्टराईसँग मिलेर प्रचण्डले क्रान्तिप्रति धोका दिएको भन्दै नेता मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टीको जन्म भएपछि पनि प्रचण्डले भट्टराईप्रतिको असन्तुष्टि दोहर्‍याएका छन्।


प्रचण्ड निकट एकजना केन्द्रिय सदस्य महेश्वर गहतराजले असन्तुष्टि नै जनाइएको स्वीकार गरेनन्।


तर उनले भने, ” कतिपय विषयहरु जो पार्टीमा छलफल भएका छैनन् र पार्टीको अफिसियल लाइन एकातिर हुन्छ, त्यो अवस्थामा अन्तरविरोध पर्न जांदाखेरि जनस्तरमा भ्रम पारेको कुरा त सही नै हो।