अविरल वर्षापछि गएको पहिरोले म्याग्दीको दोवा गाउँ विकास समितिमा दश वटा घर वगाएको छ भने ४० घर पहिरोको उच्च जोखिममा छन् ।
दोवा गाविसको वडा नं ९ सुनारीवाट खसेको पहिरोले दश वटा घर वगाएको हो । घर गोठ वगाए पनि मानवीय क्षति भने नभएको जनाइएको छ ।
पहिरोले भीरकाटेमा एउटा ट्रक, गरिला खोलामा संचालित दुई वटा घट्ट, झोलुङ्गे पुल पनि वगाएको छ । कृष्ण प्रावि र वगर गाउं जोड्ने पुल नै बगाएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।
पहिरोले बेनी