अर्घाखाँचीमा दुधको नँया मुल्य कायम

– प्रेमनारायण आचार्य


  अर्घाखाँची २९ असार । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा विभिन्न दुग्ध डेरीहरु मार्फत विकि्र वितरण भैरहको दुध तथा दुग्ध पदार्थहरु  दुध तथा दुग्ध पदार्थहरु गुणस्तरको आधारमा विक्री वितरण हुने भएको छ ।   अब देखी अनिबार्य रुपमा विक्री वितरण गरीने दुधमा घृतांश न्यूनतम ३ प्रतिशत र चिल्लो रहित ठोस पदार्थ न्यूनतम ८ प्रतिशत हुनु पर्नेछ   ।


   जिल्ला पशु सेवा कार्यालय अर्घाखांचीको आयोजनामा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा दुध तथा दुग्ध पदार्थको गुणस्तर निर्धारण तथा मुल्य समायोजन सम्वन्धि सरकोकारवाला विच आज भएको बैठक तथा अन्तकि्रया कार्यक्रममा  यस्तो निर्णय भएको हो ।


   दुधको गुणस्तर कायम गर्न उपकरण तथा रसायनहरुको ब्यवस्था गर्नु पर्ने र दुध सम्वन्धि ज्ञानको पनि आवशयक पर्ने भएकोले सबै दुध तथा दुग्ध उद्योगहरुले साउन १५ गते  सम्म सो को सबै ब्यवस्था गरी सक्नु पर्ने र साउन १६ गते देखी निर्धारीत गुणस्तर अनुसारको दुध मात्र विक्री वितरण गर्नु पर्ने छ ।


र दुग्ध उद्योगहरुले कृषकसंग दुध खरीद गर्दा हालसम्म विना मापदण्ड अनुसार खरीद गरीरहेकोमा साउन १६ गते सम्म सम्म अनिवार्यरुपमा गुणस्तर अनुसार दुध खरीद गर्नु पर्ने  प्रत्येक दुग्ध उद्योगहरुले नेपाल दुग्ध विकास संस्थानले निर्धारण गरेकॊ हिसावले कृषकलाई भुक्तानी गर्नु पर्ने छ  ।


  बैठकमा ३ प्रतिशत घृताम्स  र ८ प्रतिशत चिल्लो रहित ठोस पदाथ भएको दुध प्रतिलिटर रु। ४४ रुपैया  ५ प्रतिशत घृताम्स र ८ प्रतिशत चिल्लो रहित ठोस पदाथ भएको दहीको प्रतिलिटर मुल्य रु. ७० रुपैया  ५ प्रतिशत घृताम्स   र ८ प्रतिशत चिल्लो रहित ठोस पदाथ भएको गुलीयो दहिको प्रतिलिटर मुल्य रु। रुपैया र पनिर प्रतिकिलो मुल्य रु। ४२५ कायम भएको छ


  दुग्ध उद्योगहरुले बेच विखन गर्ने प्रति लिटर रु ४४ को दुधको सबै दुग्ध पदार्थहरु तोकिएको मापदण्ड अनुसार गुणस्तर नपाईएमा सम्वन्धित दुग्ध उद्योगहरुलाई कानून अनुसार कार्यवाही गर्ने निर्णय पनि अन्तरकृयामा भएको छ।

 

 

 

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।