विपक्षी दलहरुको अडान विपरित सरकार एक तृतीयांश भन्दा ठूलो बजेट ल्याउने तयारीमा जुटेको देखिएको छ।
सरकारका एक मन्त्रीले मंसिरको निर्वाचन र सेना समायोजन सम्बन्धी शीर्षकमा रकम छुट्याउंदा बजेटको आकार ठूलो हुन सक्ने संकेत दिए।
विपक्षीहरुले निर्वाचन खर्च छुट्याइएमा विरोध गर्ने बताइ रहदा राष्ट्रपति भने सरकारको तयारीप्रति सकारात्मक रहेको बुझिएको छ।
विपक्षीहरुले विरोध गरेपछि पूर्ण बजेट नल्याउन तयार भएको सरकार एक तृतीयांश अर्थात गत वर्षको बजेटको एक तिहाई बजेटमा मात्र सिमित हुन अनिच्छुक देखिन्छ।
त्यसो गरेमा सरकार आफैले घोषणा गरेको मंसिरको निर्वाचनका लागि रकम छुट्याउन मिल्ने छैन।
त्यही भएर सरकारका मन्त्रीहरु बजेटका सन्दर्भमा ‘तृतीयांश’ भन्दा ‘आंशिक’ भन्ने शब्द बढी रुचाउँछन्।
सरकारका प्रवक्ता एवं सूचना मन्त्री राजकिशोर यादवले भने,