अफगानिस्तानमा विवाहमा आएको व्यक्तिले सांसदलाई अंकमाल गरि बम विष्फोट हुँदा कयौको मृत्‍यु

अफगानिस्तानका लोकप्रिय राजनीतिज्ञ अहमद खान सामाङगानी आत्मघाती आक्रमणमा मारिएका छन् । आक्रमणमा उनीसंगै कम्तिमा २३ जना सर्वसाधारण पनि मारिएको अफगान प्रहरीले जनाएको छ । विष्फोटमा ६० भन्दा बढी घाईते भएका छन् ।

 

उत्तरी सामानगान प्रान्तको आयवाकमा आफ्नी छोरीको विवाहमा गराइएको आक्रमणमा अहमन मारिएका हुन । विवाहमा आएको एक व्यक्तिले उनलाई अंकमाल गरि त्यहीं बम विष्फोट गराएको स्थानिय टेलिभिजनले जनाएको छ ।

 

अहमद उत्तरी अवलगानिस्तानका कमाण्डर र सांसद थिए । एक जना प्रसिद्ध महिला अफगान राजनीतिज्ञको बम विष्फोटमा मारिएको दोस्रो दिन नै अर्का उच्च अफगान राजनीतिज्ञ मारिएका हुन् । आक्रमणको जिम्ंमा हाल सम्म कसैले लिएको छैन् ।