नाइजेरियाको पूर्वी शहर मैदुगुरीमा आत्मघाती बम आक्रमणमा कम्तिमा पाँच जना मारिए

नाइजेरियाको पूर्वी शहर मैदुगुरीमा मस्जिदबाट शुक्रवारे प्रार्थना सकेर फर्किएकाहरु माथि गराएको आत्मघाती बम आक्रमणमा कम्तिमा पाँच जना मारिएका छन् ।

 

एक जना युवा आत्मघातीले उक्त विष्फोट गराएको बताइएको छ ।

 

विष्फोटमा नाइजेरियाका प्रतिष्ठित मुश्लिम धार्मिक नेता शेहु अफ बर्न भने बच्न सफल भएको सुरक्षाकर्मीले जनाएका छन् ।

 

इस्लामिक लडाकु समुह बोको हरामले गत वर्ष मात्रै शेहुका भाइको हत्या गरेको थियो । मैदुगुरी बोको हरामको बलियो पकड क्षेत्र मानिन्छ ।