सल्यानमा एक महिलाले ५ वटा बच्चा जन्माईन, सबै बच्चाहरुको मृत्यु

काठमाडौं  । सल्यानमा एक महिलाले ५ वटा बच्चा जन्माएकी छिन् । गर्पा ९ सारपानी निवासी २८ वर्षीया नन्दकुमारी घर्तीली हिजो ५ बच्चाको जन्माउनु भएको हो । पेटमा समस्या देखिएपछि पाँच दिन अघि मात्रै स्वास्थ्य परीक्षण गराउन अस्पत्ताल पुग्नु भएकी घर्तीलाई डाक्टरहरुले भने पाठेघर पुरै खाली रहेको बताएका थिए ।

 

तर अस्पत्तालबाट घर फर्किएको पाँच दिनपछि मात्रै उहाँले हिजो पाँच बच्चाहरुको जन्म दिनुभएको हो । तर जन्मिएका सबै बच्चाहरुको मृत्यु भएको र आमाको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको स्थानिय प्रकाशचन्द्र घर्तीले जानकारी दिनुभयो ।

 

 सल्यानमा यो पहिलो घटना भएको बताएएको छ । ति बच्चाहरुको स्वरुप भने स्यालको जस्तो रहेको घर्तीको परिवारले जनाएको छ । -RSS