– कृष्ण खनाल
बुटवल असार ३० । राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपालीले संघीय पक्षधरहरु एक आपसमा मिल्न नसकेका कारण संविधानसभा विघटन भएको बताउनुभएको छ ।
संघीय पक्षधरहरुको आपसी लडाई तथा लुछाचुडीका कारण संविधानसभा भंग भएको चर्चा गर्दै उहाँले देशमा संघीयता असफल भैसकेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित सभामा बोल्दै उहाँले संघीय राज्यको लडाईका कारण संंविधानसभा विघटन भएको संघीयतावादीहरुले पनि महसुस गरिसकेको बताउनुभयो ।
उहाँले संघीयताले देशको राष्ट्रियता सार्वभौमिकता र अखण्डता समाप्त हुने दावी गर्दै संघीयताको बिरुद्ध र राष्ट्रियता जनतन्त्र र जनीविकाको पक्षमा एकताबद्व हुने बेला आएकाले सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।
जातीय राज्यको अबधारणाले स्वयं जनजातिहरुलाई अन्याय हुने बताउँदै उहाँले भन्नुभयो -हाम्रो जस्तो बहुजातीय बहुभाषिक बहुसाँस्कृतिक बहुधार्मिक देशमा जहाँ कुनै पनि जातिको बहुमत नरहेको र युगौदेखि मिश्रित समाज भएको देशमा एकल जातीय पहिचानको नाममा अलपसंख्यकले शासनगर्ने कुरा अलोकतान्त्रिक हुन्छ ।
निःवर्तमान सभासद् समेत रहनुभएक नेता नेपालीले ईतिहाँसमा बाबुराम नेतृत्वको सरकार भ्रष्ट्र भएको भन्र्दै राष्ट्रिय सहमतिको सरकार गठन नभएमा सडक संघर्षबाट बाबुराम नेतत्वको सरका ढाल्ने चेतावनी समेत दिनुभयो ।
उहाँले अहिलेको सरकार काम चलाउ सरकार भएको भन्दै राजीनामा नमागिने तथा राष्ट्रिय सहमतिको सरकारको लागि पहल नगरेमा सरकार ढाल्नको लागि पछि नपरिने चेतावनी दिनुभयो ।
उहाँले काम चलाउ सरकारले घोषण गरेको निर्वाचनलाई पूर्णतया असंवैधानिक भन्दै उहाँले उक्त निर्वाचन हुनै सक्ने दावी गर्दै राष्ट्रिय सहमतिको सरकार गठन गरेर संवैधानिक प्रकृयाद्वारा संविधानसभा निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समयमा राजसंस्था व्युतिने राजाको अभिव्यक्तीलाई दिवा सप्नाको उपज भन्दै नेता नेपालीले पूर्वराजाले जनता तथा समाजको भावना बुझ्न नसकेको कारण नै राजसंस्थाको अवसान भएकाले राजसंस्थाको औचित्य समाप्त भैसकेको बताउनुभयो ।
अनेरास्ववियु छैठौंका केन्द्रीय उपाध्यक्ष विमल पोखरेलले एमाओवादीको गलत राजनीति मुलुकमा हावी भएका कारण देश र जनतालाई धोक्का भएको दावी गर्नुभयो ।
राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष सोमकुमार कार्कीले जबरजस्ती ल्याउन खोजिएको संघीयताले जनताको लोकतान्त्रिक गणतन्त्रलाई खारेज गरेको बताउँदै अझै पनि संघीयताको जटिलतालाई बुझ्न नसके संघीयताले गाणतन्त्रलाई नै खारेजगर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा नवलपरासी अध्यक्ष उत्तमराज खरेल कपिलवस्तु सचिव हिमलाल वाग्ले अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपानेलगायत बेल्नुभएको थियो ।
बद्रे आलमको अध्यक्षता र दलबहादुर भण्डारीको सचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।