– प्रेमनारायण आचार्य
अर्घाखाँची ३१ असार । अर्घाखाँचीको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल सिद्धेश्वर शिबालय मन्दिर भक्तिटोला चुत्राबेसीमा साउन महिनाभर मेला लाग्ने भएको छ ।
ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिबालय मन्दिरमा अहिले स्फटिकको शिबिलंग राखि दैनिक बैदिक बिधि पुर्बक पुजा आजा गरिदै आएको छ । स्फटिकको शिबिलंग भएको शिब मन्दिर नेपालकै इतिहासमा पहिलो भएको मन्दिर ब्यबस्थापन समितिले बताएको छ ।
साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर जलापर्ण सहितको कार्यक्रम राखिएको सिद्धेश्वर शिबालय मन्दिरका संरक्षक नारायण खनालले बताएका छन । सिद्धेश्वरको प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पुर् याउने छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।