सिरियाको राजधानी दमास्कसमा राष्ट्रपति असाद बफादार सरकारी सेना र फ्रि सिरियन लडाकुहरुबीच भीषण संघर्ष


 

सिरियाको राजधानी दमास्कसमा राष्ट्रपति बसार अल असाद बफादार सरकारी सेना र फ्रि सिरियन आर्मीका लडाकुहरुबीच भीषण संघर्ष भएको छ ।

 

 

प्राप्त समाचार अनुसार गोली र मोर्टार आक्रमणका कारण राजधानी दमास्कसबासी आतंकित भई सुरक्षित स्थानतर्फ भागेका छन् ।

 

भीषण संघर्षमा के – कती हताहात भए अझै केही थाहा हुन सकेको छैन ।

 

प्रत्यक्षदर्शीहरुले दमास्कसको अधिकांश भागमा धुवाँको मुस्लो देखिएको बताएका छन् ।

 

यसअघि ईडिव, होम्स र हामा शहरमा मात्र भीडन्तहरु हुने गरे पनि राजधानी दमास्कसमै युद्ध चर्किकाले सिरिया गृहयुद्धको संघारमा पुगेको विश्लेषण गरिएको छ ।

 

थाहा भए अनुसार १६ महिने संघर्षमा अहिले सम्म १८,००० भन्दा बढीको मृत्‍यु भईसकेको छ।