उत्तर कोरीयाका सैन्य प्रमुख रि योङ हो लाई पदबाट बर्खास्त

उत्तर कोरीयाका सैन्य प्रमुख रि योङ हो लाई पदबाट बर्खास्त गरिएको छ ।

 

सत्ताधारी वर्कर्स पार्टीको केन्द्रीय पोलिटब्युरो वैठकले रि लाई सैंन्य प्रमुखसँगै सबै जिम्मेवारीबाट मुक्त गरेको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

 

रि सैन्य प्रमुखको साथै उत्तर कोरीयाको शक्तिशाली केन्द्रीय सैनिक आयोगका उपप्रमुख समेत थिए । उत्तर कोरीयाली सरकारको तर्फबाट जारी गरिएको छोटो विज्ञप्तीमा रि अस्वस्थ भएको कारण पदबाट हटाईएको बताईएको छ । उनको स्थानमा कसलाई नयाँ सैन्य प्रमुख नियुक्र गरिंदैछ भन्ने विषयमा केही खुलाईएको छैन ।

 

तिन वर्ष आगाडि तत्कालीन राष्ट्रपति किम जोङ ईलको शाशनकालमा सैन्य प्रमुख नियुक्त गरिएका रि को बर्खास्तीपछि उत्तर कोरीया भित्र र बाहीर सेमत अनेकौं अनुमान हुन थालेको छ ।